www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गलेश्वर।

म्याग्दीमा सोमबारदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले खेलमा अनुशासन सबैभन्दा महत्वपूर्ण हुने बताउँदै खेलाडीहरुले अनुशासनपूर्वक प्रतिस्पर्धा गर्न आग्रह गरे।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट खेल समावेश गरिएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए। सहभागी खेलाडीले ५० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यस पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकाअनुसार कबड्डी, भलिबल, एथ्लेटिक्सतर्फ ट्र्याकमा एक सय, दुई सय, चार सय, आठ सय, १५ सय, तीन हजार, चार गुणा एक सय र चार गुणा चार सय मिटर खेल हुनेछ । प्रतियोगिताको पहिलो दिन मार्सल आर्टको उसु, तेक्वान्दो, कराते खेल सकिएको छ । मार्सल आर्ट विधाका तीन खेलबाट १८ स्वर्णपदकको टुङ्गो लागिसकेको छ । एथलेटिक्स, कबड्डी र भलिबल खेल जारी छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.