www.tandavnews.com
Fact ~ In search of truth

पोखरा–१३ मियापाटनमा सरसफाई तथा स्वच्छता कार्यक्रम

पाेखरा।

नेपाल मुस्लिम युवा समिति र मियापाटन टोल विकास संस्थाको सयुक्त आयोजनामा सरसफाई तथा स्वच्छता कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा – १३का वडा अध्यक्ष किरण बराल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा सोही वडाका वडा सदस्य सरिफ अलि मिया , मियापाटन टोल विकास संस्थाका अध्यक्ष गमालुदिन मिया, अन्जुमन इस्लाहुल मुस्लेमीनका अध्यक्ष हाजी अब्दल रहिम मिया र जामे मस्जिदे अक्साका पेह इमाम हुसैन अलि लगाएतको उपस्थिती रहेको थियो ।

Batas

कार्यक्रममा बोल्दै वडा अध्यक्ष बरालले मियापाटन क्षेत्रको स्वच्छता र फोहोरमैला व्यवस्थापनका निमित्त वडा कार्यलय सधै साथमा रहेको बताएका छन् । सोही अवसरमा बरालले मियापाटनको विभिन्न स्थानमा १३ वटा डस्विन प्रदान गरेका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.