www.tandavnews.com
Fact ~ In search of truth

ट्रान्सफर्मर पड्किँदा १६६ घर अन्धकारमा

बलेवा।

बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको विद्युत् ट्रान्सफर्मर पड्किँदा चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

चट्याङले ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोटका १६६ परिवार चार दिनदेखि अन्धकारमा छन् । विद्युत् आपूर्ति बन्द हुँदा स्थानीयले कुटानीपिसानी, साना घरेलु उद्योग सञ्चालन र सञ्चार सेवा प्रयोग गर्न पाएका छैनन् ।

धुल्लुबास्कोटमा सामुदायिक विद्युतीकरणमार्फत केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको थियो । ट्रान्सफर्मर मर्मतका लागि प्रक्रिया सुरु भएको भए पनि अझै केही दिन लाग्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।

ढिला गरी प्राधिकरणलाई जानकारी प्राप्त भएको र त्यहाँ क्रियाशील सामुदायिक समितिले नै मर्मतको काम गर्नुपर्ने बताएको वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बताए।

वर्षासँगै आएको बाढी, पहिरो र चट्याङले ट्रान्सफर्मर र प्रसारण लाइनका कैयौँ पोलहरुमा समेत क्षति पु¥याएको छ । त्यस्तै चट्याङले बागलुङको ताराखोला गाउँपालिकामा १३ वटा पशुचौपाया मारेको छ ।

कुखुरा फार्ममा बाढी बागलुङ नगरपािलका–३ नुवारा खहरे कुखुरा फार्ममा मङ्गलबारदेखि परेको अविरल वर्षाले कुखुरा फार्ममा क्षति पु¥याएको छ । खहरेमा रहेको गङ्गा कृषि तथा पशुपन्छी फार्ममा सडकको भल पस्दा ३५० कुखुराका चल्ला मरेका फार्मका सञ्चालक गङ्गा कार्कीले बताइन्।

“५०० चल्ला हालेको एक हप्ता भएको थियो,” कार्कीले भनिन्, “मध्यपहाडी लोकमार्गको भल बढेर शाखा सडक हुँदै फार्ममा पसेर कुखुराका चल्ला मरेको हो ।” उनले कुखुराको चल्ला र फार्म गरी झन्डै ५० हजार बराबरको क्षति पु¥याएको छ भने।

यस्तै नुवारास्थित राजीव केसीको कृषि तथा पशु फार्ममा समेत भल पसेर क्षति पु¥याएको छ । केसीको दुईवटा टमाटर सहितका टनेलमा क्षति पु¥याउँदा एक लाख ५० हजारभन्दा बढीको क्षति भएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.