www.tandavnews.com
Fact ~ In search of truth

अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम काम गर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रियरुपमा गरिएको प्रतिबद्धताबमोजिम नेपालको स्थानीय विशिष्टताको संरक्षण र सम्वद्र्धन गर्नेगरी काम गर्न युनेस्को नेपाल आगगलाई आग्रह गरेका छन्।

युनेस्को नेपालका निमित्त नेपाल आयोगको सचिवालयको ३४औँ वार्षिकसभाको आज अध्यक्षता गर्दै मन्त्री पौडेलले सन् २०३० सम्मका लागि तय गरिएको दिगो विकास लक्ष्यमा पुग्न ‘एडल्ट लर्निङ र एजुकेशनको रोडम्याप’ अनुसार नीति, सुशासन, लगानी, सहभागिता समावेशीकरण, समानता र गुणस्तरका क्षेत्र पहिचान गरी कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धताबमोजिम युनेस्को पनि काम गर्नुपर्ने बताएका हुन् ।

युनेस्को आयोगले स्वतःस्फूर्तरुपमा हुने अनुसन्धानमूलक र वैज्ञानिक कार्यलाई प्रोत्साहन गर्नेगरी अन्तर्राष्ट्रिय दातासँग सहकार्य पनि आग्रह गरे ।

मन्त्री पौडेलले सोच, लक्ष्य, गन्तव्य र स्पष्ट रणनीतिसहित व्यापक र व्यावहारिक हुनेगरी कार्यक्रम गर्न सघाउ पुग्नेगरी आयोगको विधान परिमार्जन गर्न पनि सुझाव दिए। आयोगका महासचिव एवं मन्त्रालयका सचिवलगायत उच्च अधिकारी र विज्ञ सहभागी बैठकमा आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीले प्रगति प्रतिवेदन पेश गरेका थिए ।

डा. अधिकारीले आगामी आर्थिक वर्षमा नेपाल सरकार संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युनेस्को काठमाडौँ, स्थानीय सरकार र सम्बन्धित विषयमा कार्य गरिरहेका राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समन्वय र आर्थिक, भौतिक र प्राविधिक सहयोगमा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण विषयक राष्ट्रिय सम्मेलन र बृहत् प्रदर्शनी कार्यक्रम आयोजना गरिने र राष्ट्रिय संस्कृति नीति परिमार्जनमा सक्रिय भूमिका निभाइने बताए।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.