www.tandavnews.com
Fact ~ In search of truth

सुदीपले गाए, ‘छाता ओझेल पारी बल्ल झर्यो लेकाली’

पोखरा।
तीजको बेलामा माइत आएकी उनी र प्रेमीकोबिचमा भेट हुन्छ। ढल्के बरको छायाँमा बसेर उनीहरुले बिगतलाई सम्झिन्छन्। डुलेको, हाँसेको, रमाएको, प्रेममा रहँदा कहिल्यै नुछुट्टीने कसम खाएको आदि आदि।

‘फ्ल्यास ब्याक’ मा बिगतलाई सम्झिएर खुसी भए पनि उनीहरुको भेट भने दुखान्त हुन्छ। अबका दिनमा फेरि उस्तै सम्बन्धमा रहन खोजे दुवै तर्फका लागि हानिकारक हुन सक्ने उनको उनीहरु ठहराउँछन्।

अनि निधो गर्छन आ आफ्नो बाटो लाग्ने। कलाकार सूदीप क्षेत्रीले हालै मात्र सार्वजनिक गरेको तीज गीत ‘लेकाली’ को कथा हो यो। ‘डान्सीङ फ्लेवर’ मा बनेको गीतको लय, स्वर र शब्द रचना कलाकार क्षेत्रीले नै गरेका हुन्।

Batas

‘फिमेल भोकल’ मा बत्ति थापा मगरले साथ दिएकी छन्। डिजिटल स्टार पोखराबाट प्रस्तुत भएको गीतको एरेन्ज तारानाथ आचार्यको रहेको छ।

होम गुरुङको ‘कोरियोग्राफी’ र तारानाथ आचार्यको निर्देशन रहेको गीतको म्यूजिक भिडियोमा समिर परियार र अस्मी थापाले कम्मर मर्काएका छन् ।

पर्वतको कुश्मा नगरपालिका–८ चुवामा छायांकन गरिएको गीतको कोरस नृत्य नारायण माध्यमिक विद्यालयका विद्यार्थीहरुले गरेका छन्।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.