www.tandavnews.com
Fact ~ In search of truth

एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई बजार अनुगमन गराउने

काठमाडौँ।

नेकपा (एमाले)ले आफ्ना स्थानीय तहका जनप्रतिनिधिलाई बजार अनुगमन गराउने भएको छ । एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले अहिले आकाशिएको मूल्य बृद्धिबारे आफ्नो जनप्रतिनिधिलाई अनुगमन गराउने बताए।

उनले आफूले जितेका स्थानीय तहमा जनप्रतिनिधि भएको ठाउँको मूल्य नियन्त्रण गर्न बजार अनुगमन गराइने जानकारी दिए। नेता ज्ञवालीले राज्यको नियामक निकाय कमजोर हुँदा बिचौलियाको चलखेल भएर उपभोग्य बस्तुको मूल्य आकाशिएको बताए।

उनले सबैले उपभोक्ताका साझा मुद्दा बनाएर मूल्य नियन्त्रण गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा सुशासन विभागका प्रमुख यज्ञराज सुनुवारले सरकारले महँगी नियन्त्रण गर्न नसकेको आरोप लगाए।

कार्यक्रममा सुशासन विभागका सदस्य कुमारी खरेलले पछिल्लो एक वर्षमा देशका प्रमुख आर्थिक सूचक, खाद्य तथा पेयपदार्थ र इन्धनको मूल्यवृद्धिको अवस्था, दैनिक उपभोग्य खाद्य वस्तु, निर्माण सामग्री र पिछडिएको क्षेत्र कर्णालीको मूल्यवृद्धिको अवस्थाका बारेमा पनि जानकारी गराएका थिए।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.