www.tandavnews.com
Fact ~ In search of truth

दोहोरी प्रतियोगिता सर्वाधिक राशीको छ : दाहाल

पाेखरा।
लोक स्रष्टा साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औं जन्मजयन्तीको अवसरमा पोखरामा राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता, स्रष्टा सम्मान कार्यक्रम एवं इन्द्रेणी साँझ हुने भएको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालको आयोजनामा यही साउन १२ गतेदेखि १४ गतेसम्म पोखरा सभागृहमा हुँदैछ । यसै विषयमा प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालसँग गरिएको कुराकानीको सार :
१) दोहारी गीत प्रतियोगिताको तयारी कस्तो हुँदैछ ?
हामीले आयोजना गरेको राष्ट्रिय खुल्ला लोक गीत दोहोरीको तयारी लगभग ७५ प्रतिशत काम सकिएको छ, २५ प्रतिशत बाँकी छ । हामीयति बेला टिमहरु संकलन गर्ने र प्रयोजक गर्नेहरुको नामावली संकलन गर्दैछौ ।
२) दोहोरी गीत आयोजना गर्नुको उद्धेश्य के हो ?
दोहोरी प्रतियोगिताको आयोजक कल्याण शेरचन स्मृति प्रतिस्ठान हो । प्रतियोगिता गर्ने उद्धेश्य भनेको स्रष्टा, साधक शिल्पी कल्याण शेरचनको शालिक निर्माण गर्नका निमित्त, गण्डकी प्रदेशमा लोक बाजा संग्राहलय स्थापनाका गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।
३) दोहोरी प्रतियोगितासँगै स्रष्टा सम्मान पनि कार्यक्रम रहेको छ, कोको स्रष्टाहरु सम्मान गर्दै हुनुहुन्छ ?
हामीले स्रष्टा सम्मान बिगत ११ वर्ष देखि गर्दै आएका छौ । यो प्रतिस्ठान जन्मिएको ११ वर्ष भयो । बिचमा कोभिडले २ वर्ष रोकियो, र कल्याण शेरचनको गीत संगीत, शिक्षा, खेलकुद र नृत्यमा पनि उल्लेख्य योगदान रहेको अवगत नै छ । उहाँ बहुआयामिक व्यक्तित्व भएकाले हरेक वर्ष फरक–फरक बिद्याका श्रष्टालाई सम्मान गर्दै आइरहेका छौ । यस वर्ष शिक्षातर्फ स्वर्गीय योगेन्द्रबहादुर बस्नेतलाई मरण प्रान्त सम्मान र गीत संगीततर्फ वरिष्ठ कलाकार नारायण रायमाझी गरि दुई जनालाई सम्मान गर्दैछौ । यो सम्मान २५ हजार राशि र सम्मानपत्रले सम्मान कार्यक्रम छ ।
४) अन्य दोहोरी प्रतियोगिताभन्दा यस प्रतियोगितामा फरक के छ ?
सबैभन्दा पहिले त नेपालमा बिना भोटिङ बिना टिकटिङ सर्बाधिक राशिको पहिलो दोहोरी प्रतियोगिता नै यहि हो । अन्य ठूला राशीका रियालिटी शोमा भोटिङ हुने गथ्र्यो । सर्वसाधारणले बिना टिकटिङ निशुल्क अवलोकन गर्न पाउनेछन् । अर्के कुरा निर्णयले दिएको निर्णय नै अन्तिम निर्णय हुने छ । यसकारणले पनि यो दोहोरी प्रतियोगिता ऐतिहासिक हुनेछ ।
५) विजेतालाई पुरस्कार कति छ ?
दोहोरी प्रतियोगिता विजेताले ६ लाख पाउछन् । त्यस्तै द्धितीयले ४ लाख, तृतीयले २ लाख, सान्त्वना हुने टिमले पुरस्कार १ लाख, उत्कृष्ट पुरुष ५० हजार, उत्कृष्ट महिला ५० हजार र अनुशासित समूहलाई ५० हजार गरि १४ लाख ५० हजार पुरस्कार वितरण हुनेछ । सर्वात्कृष्ट हुने गायक वा गायिकालाई विदेश भ्रमणको अवसर पाउनेछन् । यसको समन्वय क्याप्टेन पूर्ण बहादुर गुरुङले गर्नुहुनेछ । युके र हङकङमा हुने इन्दे्रणी साँझ कार्यक्रममा उत्कृष्ट कलाकारले प्रस्तुति राख्ने अवसर पाउनेछन् ।
६) निर्णयहरु को को रहनेछन् ?
निर्णयकको संयोजकमा राष्ट्रिय लोक दोहोरी गीत प्रतिस्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश विजी हुनुहुन्छ । उहाँको सम्योजकत्वमा निर्णायक मण्डल बन्नेछ । सम्भवत जानकारी भएअनुसार दोहोरी गीत प्रतिस्ठानका पूर्व अध्यक्ष , निवर्तमान देखि सस्थापक अध्यक्ष सम्म रहनुहुनेछ ।
७) दोहोरी प्रतियोगिताको अलावा अन्य साँस्कृतिक कार्यक्रम के के हुनेछन् ?
दोहोरी प्रतियोगिताको अलावा इन्द्रेणी साँस्कृतिक साँझ हुनेछ । लोक दोहोेरी प्रतिस्ठानका कलाकारका प्रस्तुतिहरु, साथै अन्य अग्रज कलाकारहरुको पनि प्रस्तुति रहने छ र साथै हिमाली साँस्कृतिका नृत्यहरु पनि रहनेछन् ।
८) हाल सम्म कति टिमहरु दर्ता भएका छन् ? दर्ता शुल्क कति रहेको छ ?
हाल सम्म २५ देखि ३० टिमहरु हाम्रो सम्र्पकमा आउनु भएको छ । दर्ता शुल्क २ हजार रहेको छ । एक टिममा एक महिला एक पुरुष रहनुपर्ने नियम छ । बाहिरबाट आउने प्रतियोगिहरुलाई एक जनालाई १ हजार ५ सयको दरले पालो पर्दाको दिन देखि भत्ता ब्यवस्था गरिनेछ । पोखरामै बस्ने प्रतियोगिहरुका लागि दैनिक ५ सयको दरले भत्ताको ब्यवस्था गरिएको छ ।
९) कल्याण शेरचन प्रतिस्ठानको आयोजनामा दोहोरी गीत प्रतियोगिता त पहिलो हो । यस बाहेक अन्य के के कार्य गरेको छ ?
०६७ माघ २४ गते कल्याण शेरचनको स्वर्गरोहण भएपछि कल्याण स्मृति प्रतिस्ठानको स्थापना भयो । संस्कृतिकर्मी क्याप्टेन पूर्ण बहादुर गुरुङले हिमाली साँस्कृतिक परिवारको पहलमा यस संस्थालाई स्थापना गर्नु भएको हो । अहिले सम्म उहाँ नै सस्थापक अध्यक्ष रहनु भएको छ । त्यसपछि हिमाली साँस्कृतिक परिवारको सक्रियतामा पहिलो वर्ष कौडा नृत्यको प्रतियोगिता भयो । त्यहाँबाट संस्था गठन भयो । त्यसपछि हामीले बादल बाधन प्रतियोगिता र सारङी उत्सव प्रतियोगिता काठमाडौँको नाच घरमा सम्पन्न ग¥यौं । राष्ट्रव्यापी रुपमा एकल नृत्य पुरुष र एकल नृत्य महिला प्रतियोगिता पोखरामा सम्पन्न गरिसकेका छौं ।
१०) प्रतिष्ठानको आगामी योजानाहरु के के छन् ?
गीत संगीतकला साहित्य, शिक्षा, खेलकुद र सामाजिक क्षेत्रमा लागेका व्यक्ति, संघ,संस्थाहरुलाई साथ समर्थन गर्ने र कल्याण शेरचनलाई देशव्यापी र अन्तर्राष्ट्रिय रुपमा उहाँको व्यक्तित्व र छविलाई बचाइराख्ने, उहाँका सिर्जनाहरुलाई अजर र अम्मर राख्ने, सिर्जनाहरुलाई सुरक्षित तवरले राख्ने, कहिकतैबाट कपिराईट अथवा केही अंश परिमार्जित प्रयोग गर्न नदिने, पोखरा महानगरसँग सहकार्य गरि कल्यण शेरचनको शालिक निमार्ण गर्ने र गण्डकी लोक बाजा संग्रालयको स्थापना गरिने आगामी कार्यक्रमहरु छन् ।
११) अन्त्यमा के भन्नुहुन्छ ?
यो कार्यक्रमलाई सफल बनाउनका निमित्त सहकार्यमा गण्डकी प्रज्ञा प्र्रतिस्ठान,पोखरा प्रज्ञा प्रतिस्ठान, इन्दे्रणी प्रज्ञा प्रतिस्ठान, राष्ट्रिय लोक दोहोरी प्रतिस्ठान नेपालका माताहतका सम्पूर्ण कमिटीहरु र हिमाली साँस्कृतिक परिवार लगायतको विशेष सहकार्य रहनेछ । त्यसै गरि अन्य पोखरामा रहेका बाङ्मय प्रतिस्ठानहरु, दोहोरी व्यवसायीहरु लगायतको सहकार्य रहेको छ भने यसको प्रर्वधकको रुपमा पोखरा महानगरपालिका र पर्यटन बोड पोखरा रहेको छ । प्रतियोगिता हेर्न सम्पूर्णलाई आग्रह गर्दछु ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.