www.tandavnews.com
Fact ~ In search of truth

मेरो फोटो जोडेर उडाउनेको भान्सा सस्तो होस् : प्रदीप ज्ञवाली

काठमाडैँ।
नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले महँगीको विषयमा आफ्नो कुरालाई बंग्याइएको बताएका छन्।

ज्ञवालीले एमालेको उपभोक्ता विभागले आयोजना गरेको कार्यक्रममा पूर्व मन्त्री र सांसद भए पनि भान्सामा दुईथरी तरकारी पकाउन मुस्किल भएको बताएका थिए।

पूर्वमन्त्रीसमेत रहेका ज्ञवालीको उक्त भनाईपछि वरिपरी परिकार सहितको फोटो सार्वजनिक भएको थियो।

Batas

उनले आफ्नो अभिव्यक्तिलाई विषयान्तर गरेर ट्रोल गरिएको जिकिर गरे।

संसदमा बाेल्दै, ज्ञवालीले उक्त तस्बिर अमेरिकामा आफूले खाना खाँदा बखतको रहेको स्पष्ट पारे। ‘मैले अमेरिकामा खाना खाँदै गरेको फोटो जोडेर मलाई ट्रोल गरियो यसले कसैको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना,’ उनले भने।

 

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.