www.tandavnews.com
Fact ~ In search of truth

देशभर थप १ हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ ।
देशभर आज १ हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२ हजार ९ सय ५८ नमूनाको पिसिआर परिक्षण गर्दा ५ सय ६० र ३ हजार ३ सय ४२ नमूनाको एन्टीजेन परिक्षण गर्दा ५ सय ३० जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित ४ सय ३८ जना निको भएका छन् भने संक्रमित २ जनाको मृत्यु भएको छ ।

Batas

यस्तै आज १ लाख ७१ हजार ८ सय ३७ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.