www.tandavnews.com
Fact ~ In search of truth

आँधीखोला गाउँपालिकाले आजबाट राहत वितरण गर्दै

स्याङ्जा  ।

आँधीखोला गाउँपालीकाले ज्याला, मजदुरी गर्ने ,विपन्न , असहाय, दैनिक ज्यालादारी गर्ने व्यक्ति र परिवारलाई आज बुधबारबाट राहत स्वरुप खाद्य सामग्री वितरण गर्ने भएको छ ।

वडा नं १ र ३ मा आज र बाकी वडामा भोलि र पर्सि राहत वितरण गर्न लागेको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिए । कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भन्दै सरकारले गरेको लकडाउनका कारण उनीहरु भोकै बस्न नपरोस् भन्दै राहत वितरण गर्न लागिएको हो ।

Batas

विभिन्न वडाहरुबाट प्राप्त विवरणको आधारमा सोमबार र मंगलबार आवश्यक तयारी सकेर बुधबारबाट राहत वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । राहत वितरण प्रत्येक वडाबाट हुनेछ ।

आँधीखोला गाउँपलिकाको कार्यपालिका बैठकले हाललाई दुईजना सम्मको परिवारलाई १५ किलो चामल, १.५ किलो दाल, १ प्याकेट नून, साबुन दुईवटा, चिनी १ किलो र तेल १ लिटर वितरण गर्ने निर्णय गरेको छ । त्यसैगरी तीन र तीनभन्दा माथिका परिवार संख्या भएकालाई ३० किलो चामल, ३ किलो दाल , २ प्याकेट नुन, ४ वटा साबुन, २ किलो चिनी र २ लिटर तेल वितरण गर्न निर्णय भएको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

गाउँपालीकाले वडा वडाबाट प्राप्त भएको विवरण अनुसार राहत लिनेको संख्या करीब ६२७ हुने गाउँपालिकाले जनाएको छ ।

यसैगरी आँधीखोला गाउँपालिकाले कोरोना भाइरस (कोभिड —१९) नियन्त्रण र रोकथाम गर्नका लागि विभिन्न कार्यक्रम संचालन गर्न एन आई सी एसिया बैंकमा विपत व्यवस्थापन कोष को स्थापना गरेको छ।

खाता नं २३४२०५००२७७६८००२ रकम जम्मा गरि सहयोग गर्न चाहनु हुनेलाई आँधीखोला गाउँपालिकामा सम्पर्क राख्न समेत अनुरोध गरिएको उल्लेख छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.