www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा भम्रणमा

पोखरा ।
राष्ट्रपति विद्यादेवी भण्डारी दुइ दिनका लागि सोमबार पोखरा आएकी छन् । पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माघ्यमिक विद्यालयको हीरक जयन्ती कार्यक्रमको समापन तथा नवनिर्मित ३२ कोठे भवनको उद्घाटन गर्न उनी पाेखरा आएको बताइएको छ ।

पोखरा कार्यक्रम अन्तर्गत राष्ट्रपति भण्डारीको मंगलबार तीन वटा कार्यतालिका रहेको जनाइएको छ । बिहान बिन्ध्यवासिनी मन्दिर दर्शन गर्ने छिन् भने दिउँसो विन्ध्यवासिनी माविको हीरक जयन्ती समापन कार्यक्रममा सहभागि हुनेछिन् । गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागि पछि काठमाडौं फर्किने तालिका रहेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.