www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीको धौलागिरि गाउँपालिकामा पहिराबाट २६ करोड पूर्वाधारमा क्षति

म्याग्दी ।

म्याग्दीको धौलागिरि गाउँपालिकामा यस वर्षको वर्षात्को कारण करिब २६ करोड बढीको भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

गत असार २५ र २६ गते वर्षात्सँगै आएको पहिरोका कारण निजी आवास, विद्यालय, सडक, खानेपानी, विद्युत्लगायत क्षेत्रमा पु¥याएको क्षतिको पुनःनिर्माण गर्न २६ करोड बढी बजेट आवश्यक पर्ने देखिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए ।

Batas

गाउँपालिकाले प्राविधिक टोली खटाएर पहिरो र बाढीले पु¥याएको क्षतिको विवरण र तथ्यांक संकलन गरेको हो । पहिरो पीडितको पुनःस्थापना, क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा प्रदेश र संघ सरकारसँग आवश्यक पहल गरिएको गाउँपालिकाले जनाएको छ । गत असारको पहिरोले मराङको रिख, राम्चे, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा १९ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएका थिए ।

पहिरोले वडा नम्बर ७ धारापानीको किसानी माविमा भवन भत्कन थालेकाले सो विद्यालयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा पूर्णरुपमा घरबारविहीन भएकाको आवास पुनःनिर्माण गरिने र जोखिम र जीर्ण बनेका घरको समेत मर्मत र आवश्यकताअनुसार पुनःनिर्माणमा सघाउने योजना बनाएको अध्यक्ष पुनले बताए ।‘विनाशकारी पहिरोले ठूलो क्षति पु¥याएको छ, अब आवास पुनःनिर्माणमा अघि बढ्छौँ, हिउँदभरमा सबै घरबारविहीन भएकालाई सुरक्षित आवासको प्रबन्ध गर्ने हाम्रो योजना छ’, अध्यक्ष पुनले भने ।

धौलागिरिको वडा नं ६ मराङमा २४, वडा न ७ ताकम, धारापानीमा ३१ र ५ वडा मल्कबाङमा ५ घर गरी कूल ६० घर पहिरोले पूर्णरुपमा क्षति भएको छ । गाउँपालिकाले ताकम, धारापानी र मल्कबाङमा सुकुम्बासीबाहेकका पीडित परिवारको हकमा उनीहरुकै जग्गामा आवास पुनःनिर्माण गर्ने र मराङका पहिरो पीडितको लागि भने एकीकृत बस्ती बनाउने अवधारणा अघि सारेको उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

भूगर्भविद्को टोलीबाट अध्ययनका लागि प्रदेश सरकारलाई पत्राचार गरिएको र अध्ययन र विस्तृत अध्ययन प्रतिवेदनका आधारमा पुनःनिर्माणलाई अघि बढाउने गाउँपालिकाको तयारी रहेको प्रवक्ता झकबहादुर छन्त्यालले बताए ।

हालै सम्पन्न विशेष गाउँसभाबाट गाउँपालिकाले आवास पुनःनिर्माणका लागि ४९ लाख ७३ हजार बजेट विनियोजन गरेको छ भने प्रकोप व्यवस्थापन कोषमा  ५० लाख छुट्टाएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जानकारी दिए ।

प्रदेश र संघ सरकार तथा म्याग्दी प्रवासी नेपाली संघ (मोना), विभिन्न सहयोगदातासँग समन्वय गरी घरबारविहीन भएकाको आवास पुनःनिर्माण गर्न जुटेको गाउँपालिका अध्यक्ष पुनको भनाइ छ ।

गाउँपालिकाले पहिरो पीडितको सहयोगदार्थ सञ्चालन गरेको सहयोग संकलन अभियानअन्तर्गत गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबाट आठ लाख र सहयोगदाताबाट ४२ लाख सहयोग जुटेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.