www.tandavnews.com
Fact ~ In search of truth

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दोस्रोपटक मृर्गौला प्रत्यारोपण

पोखरा।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दोस्रो पटक मृगौला प्रत्यारोपण भएको छ । अस्पतालमा एकै दिन २ जनाको मृर्गौला प्रत्यारोपण भएको हो ।

साउन २५ गते शनिवार शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग तथा कार्यकारी निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठ नेतृत्वको टोलिले एकै दिन २ जनाको मृर्गौला प्रत्यारोपण भएको हो । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका ४२ वर्षीय पुरुष र कास्की जिल्ला रुपाकोट गाउँपालिकाका, ५३ वर्षीया पुरुषको सफल मृर्गौला प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक भरत खत्रीले जानकारी दिए ।

खत्रीका अनुसार दुवै जना पुरुषलाई उनीहरुका पत्नीले मिर्गौला दिएका हुन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पर्ने पश्चिमाञ्चल अस्पतालले गत असार ९ गते पहिलो पटक मृर्गौला प्रत्यारोप सुरु गरेको थियो । यो दोस्रो पटक तेस्रो औं मृर्गौला प्रत्यारोपण हो ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.