www.tandavnews.com
Fact ~ In search of truth

भानु नगरपालिका भित्र खादा प्रयोग गर्न नपाइने

तनहुँ।
तनहुँको भानु नगरपालिका क्षेत्रमा खादाको प्रयोगमा मनाही गरेको छ । गत जेठ २४ गतेको भानु नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग नगर्ने निर्णय भए अनुरुप प्रयोगमा पूर्ण रोक लगाइएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।

विभिन्न कार्यक्रम, सभा, बैठक, समारोह तथा अन्य सम्मान लगायतका कार्यहरूमा समेत खादा प्रयोग नगर्न निर्देशन दिइएको भानु नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए।

खादा प्रयोगले अनावश्यक खर्च मात्रै बढाउने भएकोले यसको प्रयोग नगर्न सम्बन्धित निकायहरूमा आजै परिपत्र गरिएको उनले जानकारी दिए। उनले अगाडी थपे ’अब उप्रान्तका दिनमा हुने कुनै पनि कार्यक्रममा प्रयोग नगर्न र नगराउन नगरपालिकाका सबै निकायमा जानकारी गराइएको छ ।’

Batas

भानु नगरपालिका भित्र सञ्चालित विद्यालय, कलेज, शिक्षालय, सामुदायिक सिकाई केन्द्र,सार्वजनिक पुस्तकालय, बाचनालय तथा अन्य सम्पूर्ण सार्वजनिक कार्यक्रममा प्रयोगमा ल्याइने छैन । त्यसैगरी सामुदायिक शैक्षिक संस्थाहरूमा आयोजना गरिने वार्षिकोत्सव सभा,बैठक समारोह, स्वागत तथा बिदाइ कार्यक्रम जस्ता सार्वजनिक कार्यक्रमहरूमा खादा प्रयोगमा पूर्ण रुपमा बन्देज लगाइएको उनले बताए।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.