www.tandavnews.com
Fact ~ In search of truth

नागरिकता विधेयक विधायन व्यवस्थापन समितिमा

काठमाडौँ।
राष्ट्रियसभाको आजको बैठकले नागरिकता विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए।

गृहमन्त्री खाणले पेश गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो  ।

Batas

यसअघि बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको नागरिकता विधेयक सम्बन्धी सन्देश सभासमक्ष जानकारी गराएका थिए।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.