www.tandavnews.com
Fact ~ In search of truth

पार्टीबाट अलग भएका, बागी उम्मेदवारलाई मूलघरमा फर्कन काँग्रेस तनहुँको आग्रह

तनहुँ।
नेपाली काँग्रेस तनहुँले विभिन्न कारणले पार्टीबाट अलग रहेका, स्थानिय तहमा बागी उम्मेदवारि दिएकाहरुलाई मूलघरमा फर्किन आग्रह गरेको छ ।

नेपाली कांग्रेस तनहुँका सभापति जीत प्रकाश आलेले आइतबार विज्ञप्ती जारी गरी पार्टीलाई सम्मान गरी विना सर्त नेपाली कांग्रेसको मुलधारमा फर्कन आग्रह गरेका हुन् ।

स्थानिय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुलाई तनहुँ काँग्रेसले निस्कासन गरेको थियो ।

Batas

विगतमा पार्टीबाट अवसर र अनुभव लिएका र हाल पनि अवसर प्राप्तीको नजिक रहेका नेता कार्यकर्ताको तत्कालको आक्रोशले पार्टीलाई क्षति पुगेको समेत उल्लेख गरिएको छ ।

‘२०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनका सन्दर्भमा पार्टीका जिम्मेवार निकायबाट न्यायपूर्ण निर्णयगर्न प्रयत्न गर्दागर्दै केही साथीहरु पार्टीबाट राजीनामा दिई वा पार्टीका उम्मेवार विरुद्ध संगठित अभियानमा लागि विचलित हुनुभएको हामी जानकार नै छौँ’, ‘विज्ञप्तीमा उल्लेख छ ।

 

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.