www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लाख अनुदान दिने सम्झौता

काठमाडौँ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले राष्ट्रिय आविष्कार केन्द्रसँगको सम्झौता सानो भएपनि महत्त्वपूर्ण रहेको बताएका छन्।

लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रबीच भएको समझदारी पत्रमा हस्ताक्षर गर्न आज आयोजित समारोहमा मन्त्री बडुले उद्यम र उद्यमीलाई प्रोत्साहन गर्ने समान उद्देश्य भएको संस्थाबीच समझदारी भएको बताए।

उनले राष्ट्रिय उत्पादन बढाउने सरकारी नीति अनुरुप युवालाई उद्यमतर्फ आकर्षित गर्दै रोजगारी सिर्जना गर्न यसले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

Batas

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले उद्यम र उद्यमीलाई प्रोत्साहन गर्ने उद्योग मन्त्रालय र केन्द्रबीच भएको सम्झौताले मनोबल बढाउने बताए।

उनले उद्यम र उद्यमीको सङ्ख्या बढे यसले मुलुकको अर्थतन्त्रलाई सहयोग पुग्ने बताउँदै साना तथा महत्त्वपूर्ण काममा आविष्कार केन्द्रले काम गरिरहेको बताए।

अध्यक्ष पुनले सम्झौता अनुसार सिन्केधुप, कोदो झार्ने, टुथपीन मेसिन उत्पादन गर्ने जानकारी गराए।

लघु, घरेलु तथा साना उद्योगका लागि आवश्यक पर्ने प्रविधि अध्ययन, अनुसन्धान र विकासमा सहयोग आदान प्रदान गर्न राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लाख रुपैयाँ अनुदान दिने सम्झौता गरिएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.