www.tandavnews.com
Fact ~ In search of truth

उद्योगी व्यवसायीको भरोषाः पवनकुमार प्रजापति समूह

पोखरा।
घरदैलोको क्रममा रहेको पवन कुमार प्रजापति र उनको समूहले शुक्रबार वीपीचोकदेखि पृथ्वीचोकसम्मका उद्योगी व्यवसायीहरुलाई भेटेको छ । विहानैदेखि प्रचारमा निस्केको यो टोलीले वीपीचोकदेखि न्यूरोड, जाल्पारोड, सृजनाचोक, जिरोकिलोमिटर, सभागृहचोक, पृथ्वीचोक हुँदै नागढुंगासम्मका उद्योगी व्यवसायीहरुलाई भेटेर आफ्नो पक्षमा भोट मागेको हो ।

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशन भदौको २४ र २५ गते हुँदैछ । संघको नयाँ नेतृत्वको लागि पवन प्रजापतिको समूहले संस्थागत जीवन्तताका लागि व्यवसायिक हितमा अभियन्ता बन्ने नारा सहित चुनावी प्रचारमा गएको छ । ‘हामीले संघमा रहेर उद्योगी व्यवसायीको हितमा काम गर्ने हो । व्यवसायी र उद्योगीको समस्यालाई कुनै पनि हालतमा समाधान गर्ने नेतृत्वसहितको हाम्रो समूहलाई मतदाताहरुले छान्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।’ अध्यक्षका प्रत्यासी रहेका व्यवसायी पवन कुमार प्रजापतिले भने ।

व्यवसायीहरुले पनि यो समूहबाट अधिक आशा गरिरहेका छन् । अनुभवी र पाका अध्यक्षका उम्मेदवार प्रजापतिको समूहमा पछिल्लो पुस्ताका सुदीप ओझासम्मका उम्मेदवारहरु यो समूहमा छन् । समावेशी र व्यवसायीको हितमा काम गर्न सक्ने समूहको रुपमा यो समूहलाई उद्योगी व्यवसायीहरुले लिएका छन् ।

Batas

त्यसो त यो समूहले पनि विभिन्न १७ बुंदे प्रतिबद्धतापत्रसहित चुनावी मैदानमा होमिएको छ । खासगरि लकडाउनका कारण उद्योगी व्यवसायीहरुमा देखिएको साझा समस्याहरुलाई समाधान गर्ने गरि यो समूहले काम गर्ने कार्ययोजना प्रस्तुत गरेको छ । उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष अनुभव हुनेगरि काम गर्ने आफूहरुसँग प्रस्ट कार्ययोजना भएकोले उनीहरुको आश आफ्नो नेतृत्वको समूहमा बढि देखिएको प्रजापतिले बताए ।

यसैबीच महाधिवेशनलाई लक्षित गरेर शुक्रबार पवनकुमार प्रजापति समूहका सबै पदाधिकारी र सदस्यहरुले उम्मेदवारी पत्र बुझेका छन् । शनिबार सँयुक्त रुपमा व्यवसायीहरुको साथमा उम्मेदवारी पत्र उद्योग वाणिज्य संघको कार्यालयमा बुझाउने कार्यक्रम रहेको पवनकुमार प्रजापति समूहको सचिवालयले जानकारी दिएको छ ।

अध्यक्ष प्रत्यासी प्रजापतिको समूहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.