www.tandavnews.com
Fact ~ In search of truth

बन्दीपुरमा पर्यटन शाखा

तनहुँ।
पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा पर्यटन प्रवद्र्धनका लागि पर्यटन शाखा स्थापना गरिएको छ । बन्दीपुर गाउँपालिका कार्यालय तनहुँले आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन सहज बनाउन सो शाखा स्थापना गरेको हो ।
Batas
पर्यटन प्रवद्र्धनका लागि विभिन्न सङ्घसंस्थासँग हातेमालो गर्दै प्रचारप्रसारका कार्यलाई तीव्रताका साथ अघि बढाउने योजना सो शाखाले बनाएको छ । पालिकास्तरबाट पर्यटन क्षेत्रको विकासका लागि नियमित काम गर्नेगरी जनशक्तिसहित व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए।
पोखरा क्षेत्रका व्यवसायीसँग सहकार्य गरेर पोखरा घुम्न आएका पर्यटकलाई बन्दीपुर ल्याउने वातावरण सिर्जना गरी पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम रहेको उनले बताए। गाउँपालिका कार्यालयले पर्यटन क्षेत्रको विकासका लागि सुरुमा रु २० लाख बजेट विनियोजन गरे पनि वडागत र पालिकास्तरमा विभिन्न शीर्षकअन्तर्गत बजेट विनियोजन गरेको छ ।
बन्दीपुर क्षेत्र पर्यटकीय गन्तव्यस्थल भएकाले परम्परागत निर्माण कार्यलाई प्राथमिकता दिइएको छ । आधुनिक घरले मौलिक घर विस्थापित गर्ने भएकाले अब निर्माण हुने नयाँ घरका लागि सहुलियत दरमा काठ खरिद गर्न व्यवस्था मिलाइएको गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले बताए।
बन्दीपुरमा पर्यटकको आगमन बढेसँगै परम्परागत शैलीका नयाँ घर बन्नेक्रम तीव्र बनेको छ । बन्दीपुरबाट धौलागिरिदेखि अन्नपूर्ण माछापुच्छ्रे, मनासलु, बुद्ध, हिमालदेखि पूर्वका गणेश हिमाल, लाङ्टाङ हिमशृङ्खलाका सयौँ चुचुरा सजिलै देख्न सकिन्छ ।
विभिन्न जातजातिको कला, संस्कृति, ढुङ्गा विछ्याइएका बाटो, विभिन्न मठमन्दिर, फराकिलो टुँडिखेल, शहीद पार्क, बाख्रा अनुसन्धान केन्द्र, रेशमखेती, प्याराग्लाइडिङ आदि यहाँका आकर्षक पक्ष हुन् । बन्दीपुरबाट आधा घण्टाको यात्रापश्चात् सिद्धगुफा अवलोकन, मस्र्याङ्दी नदीमा जलविहार, छाङ्दीमा क्यानोनिङ, चुनपहरामा चट्टान आरोहण र मनोरम दृश्यले पर्यटक लोभिने गर्दछन् ।
एकपटक बन्दीपुर आएका पर्यटक पटकपटक दोहो¥याएर आउने गरेको होटल व्यवसायी बताउँछन् । बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेसँगै होटल व्यवसायी उत्साहित भएका छन् । निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबुलकार र थ्रीस्टार होटलको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.