www.tandavnews.com
Fact ~ In search of truth

‘विकास निर्माणमा सङ्घसंस्थाको महत्वपूर्ण भूमिका’

पाेखरा।
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभामन्त्री विन्दुकुमार थापाले स्थानीय विकास निर्माणमा सामाजिक सङ्घसंस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्।

पोखरा महानगरपालिका–८ वगालेटोलमा स्थानीय सक्रियतामा रु ८५ लाखको लागतमा निर्माण सम्पन्न गरिएको तीनतल्ले बहुद्देश्यीय सामुदायिक भवनको आज उद्घाटन गर्दै उनले भवन समाजका सम्पूर्ण जातजातिका लागि बहुपयोगी बन्ने विश्वास व्यक्त गरे।

विकास निर्माणका लागि प्रदेश सरकार समाजिक सङ्घसंस्थासँग समन्वय र सहकार्यका आधारमा साझेदारी गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताउँदै उनले सामुदायिक भवन आयआर्जनको माध्यम बन्नुपर्ने आवश्यकता औँल्याए।

Batas

विपद्को अवस्थामा उपयोगी बन्ने खुल्ला जग्गाको संरक्षणमा स्थानीय समुदायले ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री थापाले शान्तिघाटस्थित शवदाहस्थललाई सञ्चालन गर्न आवश्यक पहल गर्ने विश्वास व्यक्त गरे।

भवन निर्माण समितिका संयोजक श्यामकृष्ण श्रेष्ठका अनुसार दिवा तथा आवासीय क्रियापुत्री सेवा, ज्येष्ठ नागरिक सेवा केन्द्रसहित सभाहल रहेको उक्त भवन निर्माणमा प्रदेश सरकारको पाँच लाख र वडा नं ८ को रु तीन लाख बाँकी स्थानीय चार सयभन्दा बढी चन्दादाताको आर्थिक सहयोग छ ।

कार्यक्रममा पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले भवन निर्माणमा आर्थिक सहयोग गर्ने चन्दादातालाई सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै भवनलाई उद्यमशीलतासँग जोड्नुपर्ने आवश्यकता औँल्याए।

बलागले टोल सुन्दरमार्ग टोल विकास संस्थाका अध्यक्ष हिराकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार एवम् ज्येष्ठ नागरिक सरोकार समिति नेपालका अध्यक्ष भक्तराज श्रेष्ठ लगायतले सामुदायिक भवनको आवश्यकतामाथि चर्चा गरेका थिए।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.