www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे गाउँपालिका कमिटीको पहिलो बैठक सम्पन्न

पोखरा।
राष्ट्रिय युवा संघ नेपाल कास्कीको सर्कुलर अनुसार माछापुच्छ्रे गाउँपालिका कमिटीको बैठक बसेको छ । प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष पान बहादुर जि सिले बैठकको पुर्ण सफलताको शुभकामना दिदै सैद्धान्तिक र साङ्गठानिक युवाले मात्र युवा आन्दोलन सफल हुने हुदाँ यस प्रती सचेत हुन निर्देशन गरे।

त्यस्तै, इन्चार्ज रुद्र राना भाटले जिल्ला कमिटी कास्कीको सर्कुलर सुनाउदै जिल्लामै प्रथम हुने गरि काम अगाडि बढाउन सबै सँग हातेमालो गरि अगाडी बढ्ने बताए। कार्यक्रम राष्ट्रिय युवा संघका जिल्ला कमिटी सदस्य प्रसान्त अधिकारी रमेश जि सि हिमाल तमाङ्ग लगाएतले बोलोका थिए।

उक्त बैठकले यहि भाद्र २८ गते लोकतान्त्रिक तमु संघको केन्द्रिय महाधिवेशनमा अध्यक्ष के पि ओलिले सम्बोधन गर्ने कार्यक्रम रहेककोले व्यापक युवा उतार्ने लागाएत जिल्लाले गरेको निर्देशन अनुसारको कार्य गर्ने र नौ वटा वडामा संगठन बिस्तार तिब्रता दिने निर्णय सहित बैठक समापन गरेको राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रेका सचीव युवराज जि सिले जानकारी दिए।

Batas

राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रेका अध्यक्ष उज्ज्वल पुनको अध्यक्षता बसेको बैठकको सञ्चालन सचीव युबराज जि सिले गरेका थिए

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.