www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति भण्डारीसँग चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष लीको शिष्टाचार भेट

काठमाडौँ ।
नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति कार्यालय शितल निवासमा आज अपराह्न भएको भेटमा राष्ट्रपति भण्डारीले चिनियाँ नेता लीको नेपाल भ्रमणप्रति खुसी व्यक्त गरिन्।

भेटमा अध्यक्ष लीले सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहँदा पाएको सद्भाव, आत्मीयता र सम्मानप्रति आभार व्यक्त गरे। उनले नेपाल, चीनको लामो समयदेखिकै असल छिमेकी रहेको बताए।

Batas

राष्ट्रपति भण्डारी र अध्यक्ष ली बीच आपसी हित, मित्रता र सहकार्यलगायत नेपाल –चीन सम्बन्धको बहुआयामिक पक्षमा छलफल भएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.