www.tandavnews.com
Fact ~ In search of truth

लक्की अली पोखरामा, भोलि ‘क्याटवाक’ मा शो

पाेखरा।
अभिनेता एवं गायक अलीले पहिलो पटक पोखराको बिग क्लब ‘क्याटवाक’ मा प्रत्यक्ष सांगीतिक प्रस्तुतिको लागि पोखरा आएका छन् । हिजो राजधानीमा रहेको एलओडीपछि भोलि शुक्रबार (१६ सेप्टेम्बर) भारतीय पपस्टार लक्की अलीको पोखरामा लाइभ कन्सर्ट हुने भएको छ ।

‘ना तुम जानो ना हम’, ‘गोरी तेरे आँखे’जस्ता हिट नम्बर दिएका अभिनेता एवं गायक अलीले क्याटवाकमा लाइभ कन्सर्ट गर्ने निश्चित भएको र टिकट बिक्री भइरहेको क्याटवाकका संचालक गुप्त लामाले जानकारी दिए । अलीलाई पोखरा ल्याउने काम भने डिजे फिन्जोकले गरेका हुन् ।

गत भदौ २ गते खहरेचोकमा स्थापना भएको क्याटवाकमा अलीलाई प्रत्यक्ष सुन्न, हेर्न पहिलो चरणको टिकट मूल्य १५ सयदेखि २ हजार रुपैयाँ राखिएको छ । त्यसपछिको टिकट मूल्य २५ सयदेखि ३ हजार रुपैयाँसम्म पुग्नेछ । उमेरले ६३ वर्ष पुगेका अलीको यो लाइभ कन्सर्ट नै सम्भवत: अन्तिम हुने बताइएको छ ।

Batas

अलिसँगै आएका समूहका अन्य सदस्यले पनि प्रस्तुती राख्नेछन् । छिटो टिकट खरिद गर्नेहरुलाई छूट दिने उद्देश्यले चरणबद्ध टिकट बिक्री गरिएको आयोजकले जनाएको छ । हाल लेकसाइडस्थित ओपन हाउस, माउन्टेन टप र खहरेस्थित सनडाउन कर्माबाट टिकट बिक्री भइरहेको छ ।

अनुमानित ३० करोड रुपैयाँ बढी लगानीमा खोलिएको क्याटवाकले एकैपटक २ हजार बढीलाई रेस्टुरेन्ट र फ्लोरमा सेवा दिन सक्नेछ ।क्याटवाकको डान्स फ्लोर, म्युजिक सिस्टम र सुरक्षा प्रणाली अन्तर्राष्ट्रियस्तरको रहेको संचालक लामाले जानकारि गराएका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.