www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय सभाबाट विद्युत् विधेयक २०७७ फिर्ता

काठमाडौँ 
राष्ट्रिय सभाको आजको बैठकले विद्युत् विधेयक २०७७ लाई फिर्ता गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले पेश गर्नुभएको राष्ट्रिय सभामा विचाराधीन विद्युत् विधेयक, २०७७ लाई फिर्ता गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यसअघि राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बजार अनुगमन प्रचार गरेर नभई अचानक गर्दा वास्तविक अवस्थाको उजागर हुने भएकाले त्यस तर्फ विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।

Batas

सांसदहरुले आजको बैठकमा डेंगूको  नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने, गाउँ गाउँसम्मै जनचेतना जागृत गराउनुपर्ने लगायत देशका समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रियसभाको अर्को बैठक असोज २ गते बिहान १० बजेर ५९ मिनेटमा बस्नेछ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.