www.tandavnews.com
Fact ~ In search of truth

अझै केही दिन वर्षा हुने

काठमाडौँ।
मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू–भागमा रहेकाले केही दिन वर्षा हुने महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए। उनले भने, “मनसुन न्यून चापीय रेखा सरदरभन्दा माथि नेपालको नजिकै छ । मनसुन करिब अन्तिम अवस्थामा छ, अन्त्यतिर पनि विगतमा भारी वर्षा गराएको हुनाले यो पटक पनि मनसुन कमजोर भन्न मिल्दैन ।”

उनका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुन सक्रिय रहे पनि पनि यसको सामान्य प्रभाव रहनेछ ।

Batas

राजधानी काठमाडौँ उपत्यकामा आज बिहानैदेखि पारिलो घाम लागे पनि अपराह्नबाट हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख गरेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.