www.tandavnews.com
Fact ~ In search of truth

अवैध संरचना निर्माणमा प्रयोग भएको रेडी मिक्स्चर महानगरको नियन्त्रणमा

पोखरा।
फेवातालको ६५ मिटर मापदण्ड भित्र कुनै पनि नयाँ संरचना निर्माण नगर्न दिइएको महानगरको निर्देशन विपरीत पोखरा ६ खहरे स्थित दीपेन्द्र महर्जनको घरको तेस्रो तला ढलानमा प्रयोग भइरहेको ग१क ४८२२ नं. को रेडी मिक्स्चर महानगरपालिकाले नियन्त्रणमा लिएको छ ।

शनिवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य स्वयम उपस्थित भएर सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम फेवातालको ६५ मिटर मापदण्ड भित्र कुनै पनि नयाँ संरचना निर्माणमा रोक लगाएको विषय त्यस क्षेत्रका घरधनीहरूलाई जानकारी गराएका थिए।

तर, त्यसको भोलि पल्ट नै स्थानीय दीपेन्द्र महर्जनले अदालत र महानगरको निर्देशन विपरीत नक्सा पास नै नगरी घरको तेस्रो तला ढलान गरेका छन् । महर्जनको घर ढलान भइरहेको सूचना प्राप्त भएपछि महानरका प्रहरीहरूले सई थापाको नेतृत्वमा सो स्थानमा पुगी फेवा रेडी मिक्स्चर प्रा।लिको मिक्स्चर सामान सहित नियन्त्रणमा लिएका हुन् ।

Batas

यस अधि पोखरा महानगरपालिकाले निर्माण व्यवसायीहरूलाई समेत कुनै पनि निर्माण कार्यमा सेवा प्रवाह गर्दै गर्दा त्यसको वैधता यकिन गर्न सूचना जारी गरेको थियो ।

सूचना अनुसार पोखरा महानगरपालिकाले तोकेका मापदण्ड विपरीत निर्माण भइरहेका कुनै पनि निर्माण कार्यमा संलग्न व्यवसायीहरूले त्यसको वैधता परीक्षण नगरी सेवा प्रवाह वा अवैध संरचना निर्माणलाई प्रोत्साहन गरेको पाइए निर्माणमा प्रयोग भैरेका निर्माण सामाग्री तथा सवारी साधनहरू जफत गर्नेछ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.