www.tandavnews.com
Fact ~ In search of truth

साहित्यकार श्रीकृष्ण न्यौपानेको वियोगान्त खण्डकाव्य ‘भाउजू’ प्रकाशित

कवि माधव वियोगीबाट सञ्चालित छन्द बचाऊँ आन्दोलन २०५३ का स्थापनाकाल देखिकै अभियन्ता, पिङ्गल छन्द प्रतिष्ठान नेपालका अध्यक्ष एवं लमजुङे साहित्यकार श्रीकृष्ण न्यौपानेको तेस्रो कृतिका रूपमा वियोगान्त खण्डकाव्य भाउजू प्रकाशित भएको छ ।

आज (असोज १० गते) घटस्थापनाको दिन पारेर उक्त कृति सार्वजनिक भएको हो । झण्डै आधा शताब्दीदेखि नेपाली साहित्यको उत्थानमा सक्रिय न्यौपानेले पहिलोपटक २०४८ सालमा छली सामाजिक काव्य प्रकाशित गरेपछि ३१ बर्षपछि गत भदौ महिनामा मात्रै दोस्रो कृतिका रूपमा ऐतिहासिक काव्य भृकुटी प्रकाशित गरेका थिए । उनले भृकुटी प्रकाशनको ३१ दिन पछि नै आफ्नो तेस्रो कृतिका रूपमा वियोगान्त खण्डकाव्य भाउजू लिएर पाठक माझ आएकाछन् ।

(३+२+३+३+३+३ गरि) जम्मा १६ अक्षरको संरचनामम हुने गीति असारे झ्याउरे छन्दमा लेखिएको खण्डकाव्य भाउजूलाई सर्जकले १५ छलकमा विभाजन गरेका छन् । महाकवि देवकोटाको मुनामदन शैलीमा लेखिएको प्रस्तुत काव्यले समीर र बर्षालाई मुख्य पात्रको रूपमा खडा गरी क्याम्पस जीवनमा माया प्रेममा परी पारिवारिक सहमतिमा नै विवाह गरेका उनीहरूको विवाह पछि प्राथमिकतामा आएको भिन्नताले सम्बन्ध विच्छेद हुन पुगेको घटनालाई देखाएर समाजको यथार्थलाई स्वच्छन्दतावादी शैलीमा सुन्दर लोकलयका माध्यमबाट प्रस्तुत गरेको छ ।

Batas

काठमाडौंमा स्नातक पढ्दापढ्दै एकआपसमा भेट भई प्रेमिल दुनियाँमा पुगेका समीर बर्षाको जोडीबीचमा आएको पारिवारिक विखण्डन नै यस खण्डकाव्यको प्रमुख विषय हो । काव्यकार न्यौपानेले यस काव्यमार्फत् माया, प्रेम, समर्पण, धोकालाई सुन्दर रूपमा प्रस्तुत गरेका छन् । काव्यभित्र पुरुषका प्राथमिकता र महिलाका प्राथमिकताका सन्दर्भलाई पनि कविले अत्यन्तै राम्रोसँग पस्कन सकेको पाइन्छ ।

कारागार व्यवस्थापन विभागका प्रवक्ता एवं निर्देशक झंकनाथ ढकाल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले भूमिका लेखेकाे काव्यमा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले शुभकामना दिएका छन् ।

साहित्यकार न्यौपानेबाट रचित विपासना महाकाव्य लगायतका कृतिहरू निरन्तर प्रकाशित हुँदै जाने निजको पारिवारिक स्रोतले बताएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.