www.tandavnews.com
Fact ~ In search of truth

थप ४५ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ ।
देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

यस अवधिमा दुई हजार छ सय ७८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार तीन सय सात जनाको पिसीआर र एक हजार तीन सय ७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज ७० सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार छ सय १७ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Batas

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १८ पुगेको छ । होम आइसोलेशनमा एक हजार ४१, संस्थागत आइसोलेसन ३६ र आइसियुमा नौ जना सङ्क्रमित रहेका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.