www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति भण्डारीलाई कोरोना सङ्क्रमण

काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहेकी उनमा पिसिआर परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए।

उनका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । “हाल उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको छ”, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यही अवस्था कायम रहेमा सम्भवतः भोलिसम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने जानकारी गराइन्छ ।”

Batas

यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको हो । उनलाई एनेक्स वार्ड नं ६०१ मा भर्ना गरिएको छ । राष्ट्रपति भण्डारीको उपचारमा डा निरज वम नेतृत्वको चिकित्सक टोली खटिएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.