www.tandavnews.com
Fact ~ In search of truth

मत सर्वेक्षण र प्रकाशन गरे कारबाही गरिने निर्वाचन आयोगको चेतावनी

काठमाडौँ ।
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको मत सर्वेक्षण नगर्न आग्रह गरेको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै उम्मेदवारहरूको सम्बन्धमा मत सर्वेक्षण र नतिजा प्रकाशन नगर्न सचेत गराएको हो ।

आयोगकी सहायक प्रवक्ता कमल भट्टराईको हस्ताक्षरित विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने व्यवस्था रहेको भन्दै त्यस्तो कार्य नगर्न सचेत गराएको हो ।

Batas

आयोगले अनुगमनका क्रममा विभिन्न सामाजिक सञ्जालमा मत सर्वेक्षण र त्यसको नतिजा प्रकाशन भइरहेको पाइएको भन्दै उक्त कार्य तत्काल रोक्न आग्रह गरेको छ । आयोगले उपरोक्त व्यवस्थाहरू विपरीत कोही कसैले त्यस्तो कार्य गरेमा कानुन बमोजिम कारबाही हुने अवगत गराएको छ ।

आयोगले जारी गरेको आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.