www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय खेलकुद प्रतियोगिता : महानगरले दियो विशेष बिदा

पोखरा।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ को समापन समारोहमा सहभागीताका लागि आह्वान गर्दै पोखरा महानगरपालिकाले बिहीबार आधा दिन विशेष बिदा दिने भएको छ । राष्ट्रिय खेलकुदको महामहोत्सव पोखरा लगायत गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा हर्षोल्लासका साथ सम्पन्न हुन गइरहेको भन्दै समापन समारोहमा सहभागी हुन अनुरोध सहित आफ्ना मातहतका सम्पूर्ण कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीहरुमा दिउँसो १ बजेपछि बिदा दिएको हो ।
Batas
प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद्ले आवश्यक समन्वय नगर्दा दर्शकहरूको उपस्थिति न्यून भएका कारण समापन समारोहमा भने आफूहरूले त्यसो हुन नदिने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए। ‘मुलुक कै ठुलो महानगरपालिकामा राष्ट्रिय खेलकुदको यति ठुलो इभेन्ट हुँदा पनि होस्ट सिटीसँग आवश्यक समन्वय नगर्नु चिन्ताको विषय हो, उनले भने, जसको परिणाम प्रतियोगिताको उद्घाटनमा देखियो, तर समापनमा भने आफूहरूले यसलाई सभ्य र भव्य बनाउने आफूहरूको दायित्व सम्झँदै महानगरका सम्पूर्ण कार्यालयहरूमा आधा दिन बिदा दिएर भए पनि समारोहमा सहभागी हुन आह्वान गरेका छौँ ।’ उनले दर्शकहरूको कमजोर उपस्थितिका कारण उद्घाटन जस्तो खल्लो समापन समारोह नहुनेमा आफू विश्वस्त रहेको बताए।
‘मुख्य आयोजना स्थलका रूपमा पोखरा महानगरपालिका र यसका विभिन्न वडाहरूमा रहेका खेलमैदानहरूमा प्रमुख खेलहरू सञ्चालन भइरहेका छन्, त्यहाँ पनि महानगरको तर्फबाट आवश्यक सहयोग तथा समन्वय गरिएको छ, उनले भने, ‘यति ठुलो इभेन्ट पोखराको आँगनमा हुनु सिङ्गो पोखरा महानगरपालिका र पोखरेलीहरूका लागि गौरवको विषय हो ।’

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.