www.tandavnews.com
Fact ~ In search of truth

निमिसलाई सम्झँदै सकियो प्याराग्लाइडिङ

पोखरा।
नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको प्याराग्लाइडिङ खेल निमिसलाई सम्झँदै सकिएको छ । प्रतियोगिताको अन्तिम दिन मङ्गलबार खेलकै क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङका निसिम थापालाई सम्मानस्वरुप स्वर्ण पदक र २५ हजार नगद दिइएको छ ।

खेलाडी गुमाउनुको पीडालाई राज्यले थप सम्मान दिने निर्णय गरिएको छ । प्याराग्लाइडिङका खेलाडी थापालाई सरकारले सम्मानस्वरुप स्वर्ण पदक दिएको हो । उनका काका भेनस थापाले पदक लिए। थापाको नाममा पोखरा रङ्गशालामा अर्धकदको सालिक बन्नेछ । बीमाको रकम बाहेक मन्त्रिपरिषद्बाट थप सहायताको लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लैजाने मन्त्री महेश्वरजङग गहतराजले जानकारी दिए। नेपाल आर्मीको समूहले ब्यानरमा उनको रङ्गीन तस्बीरसहित “वी वील मिस यु ।।।।।” लेखेको छ ।

मन्त्रीसहित राखेपका पदाधिकारीको समूह उनका परिवारलाई भेट्न गएको छ । खेलकै क्रममा दुर्घटना भएपछि स्थगित प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो अभ्यास खेलको नतिजालाई आधारमानेर गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र रावतले जानकारी दिए।

Batas

क्रसकन्ट्री, टिम क्रसकन्ट्री र एक्युरेसी विधामा भएका खेलमा टिम र एकलतर्फ गण्डकी र विभागीय टिम नेपाली आर्मीले समान तीन/तीन स्वर्ण जितेका छन् । जसअनुसार क्रसकन्ट्रीमा गण्डकीको टिमले स्वर्ण पदक जितेको छ । खेलाडी विजय गौतम, सुशील गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङ सम्मिलित गण्डकीको टिमले कूल दुई हजार सात सय ५० अङ्कसहित स्वर्ण पदक हात पारेको हो ।

विभागीय टिम आर्मीले क्रस कन्ट्रीमा रजत पदक जितेको छ । कूल दुई हजार पाँच सय ५५.९ अङ्कसहित आर्मीले रजत पदक जितेको हो । टिममा सुरज थापा, विजय दाहाल, निसिम थापा र विशाल जलारी सहभागी थिए। उक्त टिमका निसिम थापाको दुर्घटनाकै कारण असोज ३० गते मृत्यु भएको थियो ।

बागमती प्रदेशले क्रसकन्ट्रीमा कास्य पदक हात पारेको छ । कास्य जितेको बागमती प्रदेशको टिममा कृष्णबहादुर सुनुवार, मोहनकुमार सुनुवार, विशाल लामा र भवन आचार्य सहभागी थिए। उनीहरुले कूल दुई हजार एक सय ४८.३ अङ्क प्राप्त गरेको सङ्घले जनाएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.