www.tandavnews.com
Fact ~ In search of truth

शर्माद्वारा विश्व रेकर्ड कायम

काठमाडौँ।

अर्पण शर्माले स्मरण शक्तिका विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन्। विश्व कीर्तिमानको प्रमाणपत्र लन्डनको ‘वल्र्ड बुक अफ रेकर्ड’ को कार्यालयबाट नेपाल आएलगत्तै उक्त रेकर्ड सार्वजनिक भएको हो ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आइतबार शर्मालाई बधाई दिँदै नयाँ विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे। ‘मेमोरी किङ’ को नामले परिचित शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर रचेको उक्त विश्व कीर्तिमान कायम गरेका हुन्। उनले रासससँग कुरा गर्दै भने, “ध्यान, साधना र मेमोरी टेक्निकलले यो सम्भव भएको हो ।” उनले यसअघि सन् २०१५ मा १ मिनेटमा ४२ वस्तुको क्रम स्मरण गरेर विश्व कृतिमान कायम गरेका थिए।

भेटमा पूर्वप्रधानमन्त्री ओलीले यो कसरी सम्भव छ भन्नेबारेमा प्रश्न गरेकाे उल्लेख गर्दै उनले भने, “मैले ध्यान र साधनाबाट गर्न सकिने मैले बताए, उहाँले अर्को सफलताका लागि शुभकामना दिनुभयो ।” उनले विश्व रेकर्डको प्रमाणपत्र सम्पूर्ण नेपालीको सफलता भएको आफूलाई महसुस भएको र आगामी दिनमा अझै वल्र्ड रेकर्ड राखेर नेपालको नाम विश्वसामु फैलाउने प्रयोगमा लाग्ने बताए।
रासस
–––

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.