www.tandavnews.com
Fact ~ In search of truth

दार्चुलाको घटनामा अध्यक्ष ओलीको प्रश्न- प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म?

पाेखरा।
भारतबाट उछिटिएर आएको ढुंगाले लागेर बालक पवन महराको मृत्यु भएको घटनामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग प्रश्न गरेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई जयसिंह धामीलाई तुइन काटेर मारिएको घटनामा जस्तै मौनता कहिलेसम्म बस्ने भनेर सरकारलाइ प्रश्न सोधेका हुन्।

शनिबार सामाजिक सञ्जालमा लेख्दै दार्चुलाको व्यास गाउँपालिका-२ का बालक पवन महराको मृत्यु भएको घटनामा दु:ख व्यक्त गरेका हुन्। शुक्रबार दार्चुलास्‍थित महाकालीपारि पिथौरागढ जिल्लामा धार्चुला तहसिलमा सडक कटान भइरहेको थियो। उक्त कटान गर्ने क्रममा विस्फोट गराउँदा उछिटिएर आएको ढुंगाले लागेर १४ वर्षीय पवनको मृत्यु भएको थियो।

ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरासहित केही स्थानीय घाइते समेत भएका थिए। यस घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पनि ओलीले माग गरेका छन्।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.