www.tandavnews.com
Fact ~ In search of truth

विन्ध्यवासिनी मन्दिर परिसरमा दुर्लुङ समाजको सरसफाइ

पोखरा। 
दुर्लुङ समाज पोखराले संस्थाको प्रथम स्थापना दिवसमा मंगलबार विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गरेको छ । सो अवसरमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले संस्थाको सरसफाइ कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

उनले भक्तजनको सहयोग तथा सद्भावले मन्दिरको सर्वाङ्गीण विकासमा सहयोग पुगेको बताए । श्रेष्ठले समितिले विन्ध्यवासिनी संस्कृत पाठशाला संचालन गरेको बताउँदै भविष्यमा आयुर्वेदिक अस्पताल चलाउन योजना रहेको सुनाए । दुर्लुङ समाज पोखराका अध्यक्ष बाबुराम शर्माले संस्थाको स्थापना दिवसमा मन्दिर परिसरमा सरसफाइ गर्न पाउनु खुसीको विषय भएको बताए । समाजले हालै मात्र दुर्लुङको निम्ति एम्बुलेन्स अभियान संचालन गरेको भन्दै अभियानमा सहभागी हुन सम्पूर्णमा अनुरोध समेत गरे ।

समाजका सचिव ईश्वरी पौडलले सामाजिक संघसंस्थालाई डलरको खेती गर्ने आरोप आउने गरेको भन्दै सबै संघसंस्थाको प्रकृति र उद्देश्य एउटै नहुने धारणा व्यक्त गरिन् । स्थापनाको १ वर्ष अवधिमा समाजले धेरै अनुकरणीय काम गरेको बताउँदै उनले भविष्यमा पनि तिनै तहका सरकारसँग हातेमालो गर्दै अगाडि बढ्ने सुनाइन् ।

Batas

सरसफाइ कार्यक्रममा समाजका सल्लाहकार तथा समाजसेवी उदिमबहादुर गुरुङ, प्रथम उपाध्यक्ष क्या. कुलबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष टेकबहादुर विक, सहसचिव शिवप्रसाद पौडेल (वुद्धि), कार्य समिति सदस्य, रामबहादुर थापा क्षत्री, रविन पोख्रेल, राधा पौडेल लगायत आजीवन तथा साधारण सदस्यको सहभागिता थियो ।

पर्वत जिल्लाको साविक दुर्लुङ स्थायी घर भई पोखरामा बसोबास गर्नेहरुद्वारा गठित संस्थाले दुर्लुङवासीलाई आवश्यकताअनुरुप सहयोग, स्थानीय तहको निर्वाचनमा नागरिकसँग उम्मेदवार कार्यक्रम, दुर्लुङकोटलाई पर्यटकीय क्षेत्ररुपमा विकास गर्न प्रतिनिधिमण्डलको अवलोकन भ्रमण, दुर्लुङको विकासका लागि कुश्मा नगरपालिकामा ज्ञापनपत्र पेस, जनप्रतिनिधिको सम्मान, बाढीपीडितलाई सहयोग, चाडपर्वमा शुभकामना आदानप्रदान, फेवाताल सरसफाइ अभियानमा सहभागिता लगायत कार्यक्रम गरेको सचिव ईश्वरी पौडेलले जनाइन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.