www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा घोषणापत्र सार्वजनिक

काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेको छ ।
काठमाडौँमा आज आयोजित कार्यक्रमकाबीच अध्यक्ष रवि लामिछानेले पार्टीको निर्वाचन लक्षित वाचा पत्र सार्वजनिक गरेका हुन्।
Batas
वाचा पत्र सार्वजनिक गर्दै अध्यक्ष लामिछानेले जनताका सामान्य माग र चाहनालाई वाचा पत्रमा समेटेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सार्वजनिक गरिएको वाचा पत्रमा निर्दलीय व्यक्ति मात्रै राष्ट्रपति बन्न पाउनुपर्ने एजेन्डा राखिएको छ । औपचारिक रुपमा पार्टी परित्याग गरेको व्यक्ति नभई, १० वर्षसम्म कुनै पनि राजनीतिक दलमा नलागेको व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्ने वाचा पत्रमा उल्लेख छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभाका अध्यक्षलाई नै उपराष्ट्रपति बनाउनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, प्रदेशका मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने र प्रदेशसभाको ठाउँमा प्रदेश परिषद् हुनुपर्ने धारणा राखेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.