www.tandavnews.com
Fact ~ In search of truth

वर्तमान शासकीय स्वरुपबाट मुलुकमा विकास र समृद्धि : अध्यक्ष ओली

मोरङ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शासकीय स्वरुपबाट मुलुकको विकास र समृद्धि कायम गर्न सकिने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले यही शासकीय स्वरुपले दिएको प्रणालीलाई सफल कार्यान्वयन गरेमा जनतामा समृद्धि ल्याउन सकिने प्रष्ट पारे।

अहिले भइरहेको प्रणाली भन्दा कार्यान्वयन गर्ने व्यवहारमा कमजोरी रहेको छ भन्दै अध्यक्ष ओलीले व्यक्तिमा रहेको आचरण र व्यवहारलाई परिवर्तन नगरेसम्म जुनसुकै शासकीयस्वरुप पनि असफल हुने प्रष्ट पारे ।

“शासकीयस्वरुप परिवर्तमानमा अहिले हतारिने बेला होइन, सल्लाह र समझदारीमा समाधान गर्न सकिन्छ”, उनले भने।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.