www.tandavnews.com
Fact ~ In search of truth

सरकारद्वारा मौसमी कामदार व्यवस्थापन निर्देशिका स्वीकृत

काठमाडौँ ।
सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत गरेको छ ।

पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत गर्ने, खाद्य पदार्थमा हेभि मेटलको अधिकतम मात्रा निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए।

यस्तै, मन्त्रिपरिषद् बैठकले कालिगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृति दिने निर्णय गरेको पनि मन्त्री कार्कीले बताए।

Batas

सञ्चार मन्त्रालय आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्याल, सहसचिव उत्तर कुमार खत्रीलगायत उच्च अधिकारी एवं सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.