www.tandavnews.com
Fact ~ In search of truth

सरकार गठनको समयसिमा घर्किन लाग्दा दलहरू अझै सहमतिमा पुग्न सकेनन्

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्षबीच आज वार्ता हुँदै

काठमाडौँ ।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दिएको समयसिमा भोलि साँझ ५ बजे सकिँदै छ ।

तर संसद्का ठुला दलहरू अझै कुनै ठोस निष्कर्षमा पुग्न सकेका छैनन् । ५ दलीय गठबन्धन बनाएर गत वर्ष सरकार गठन गरेर गएको मङ्सिर ४ गते निर्वाचन गराएको यो गठबन्धनमा नयाँ सरकार कसको नेतृत्वमा बनाउने भन्ने सहमति हुन सकेको छैन ।

५ दलीय गठबन्धनको ठूलो दल र निर्वाचनबाट पनि ठूलो दल बनेको नेपाली कांग्रेस र निर्वाचनबाट तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रले आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान राख्दा गठबन्धनमा सहमति जुट्न नसकेको हो ।

Batas

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच हिजो साँझ भएको छलफल निष्कर्षमा पुग्न नसकेपछी आज फेरि दुवै नेताबीच छलफल हुदैछ ।

दुवै नेताले प्रधानमन्त्रीको पहिलो कार्यकाल आफ्नो नेतृत्वमा हुनुपर्ने र दोस्रो कार्यकाल अर्को नेतृत्वलाई छोड्ने अडानमा हुनुहुन्छ ।संसद्को दोस्रो ठूलो दल भने ५ दलीय गठबन्धन छोडेर आए प्रचण्डलाई पहिलो प्रधानमन्त्री दिन तयार रहेको एमाले नेताहरू बताउछन्।तर एमालेले राष्ट्रपति र सभामुख आफै राख्ने दाबी गरेको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.