www.tandavnews.com
Fact ~ In search of truth

पुरुष भलिबल : नेपाल चौँथो स्थानमा

काठमाडौँ।

बङ्गलादेशमा भएको काभा २३ वर्षमुनि (यु–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन रहदैँ चौँथो स्थानमा रहेको छ । बङ्गलादेशको ढाकामा आज तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई ३–२ को सेटमा पराजित गरेपछि नेपाल चौँथो स्थानमा रहेको हो ।

खेलको पहिलो सेट २५–२२ ले गुमाएको नेपाल दोस्रो सेटमा भने विजयी भयो । नेपालले श्रीलङ्कामाथि दोस्रो सेट २५–१९ ले जित्यो । त्यस्तै खेलको तेस्रो सेट श्रीलङ्काले २५–१९ ले जित्यो भने खेलको चौँथो सेटमा नेपाल विजयी भयो । नेपाल २५–२० ले जिते पनि त्यसपछिको सेटमा पराजित भयो ।

खेलको अन्तिम सेट श्रीलङ्काले १५–१० ले आफनो पक्षमा पारेपछि श्रीलङ्काको जित पक्का भयो । यसजितसँगै श्रीलङ्का भने तेस्रो स्थानमा रहेको छ । च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको थियो । आजै हुने फाइनल खेलमा आयोजक बङ्गलादेश र किर्गिस्तान भिड्नेछन् ।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.