
पोखरा
ताण्डव न्यूज ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) खड्कबहादुर खत्री सरुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालयले वैशाख २८ गते निकालेको ४५ जना डिएसपी सरुवा सूचीमा कास्कीका खत्री पनि परेका हुन् । सरुवा सूचीका अनुसार खत्री जिल्ला प्रहरी कार्यालय मनाङमा जाने भएका हुन् ।

२०७३ पुसमा कास्कीमा डिएसपीको जिम्मेवारी सम्हालेका खत्री एक हप्ता भित्र मनाङ रवाना हुने छन् । डिएसपी खत्रीको ठाउँमा कास्कीमा को आउने भन्ने निश्चित अझैं भएको छैन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.