www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा पर्यटन विकासका लागी अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्वत।
पर्वत जिल्लाको पर्यटन गुरुयोजनाको पुनरावलोकन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । शनिवार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा कुश्मा पर्वतमा आयोजीत एक कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन ।

पर्वत जिल्लामा नयाँ खालका सहासिक पर्यटनको विकास सँगै तत्कालिन जिल्ला विकास समितिले तयार गरेको पर्यटन गुरुयोजनालाई पुनरावलोकन गर्नु पर्ने आवाज उठेको हो । हाल पोखरामा अन्तराष्ट्रिय विमान स्थल संचालन हुने र पर्वत जिल्लामा निजी क्षेत्रको विशेष पहल र लगानीमा ठूला ठूला पर्यटकिय आकर्षणका गन्तव्य स्थल बनेपछि समग्र अन्य पुर्वाधारहरुको विकास र पर्यटकिय गन्तव्यहरुको योजनावद्ध स्तर उन्नती हुन सके यहाँको पर्यटन विकास दिगो हुने सो कार्यक्रमको छलफलको निष्कर्ष रहेको थियो । पर्वत जिल्लामा बनेका पछिल्ला संरचनाले थुप्रै पर्यटकहरु आकर्षण गरे पनि यहाँ कति पर्यटकहरु आए र कुन सेवा र कुन स्थान कति पर्यटक पुगेका छन भन्ने लेखाजोखा नभएको र पर्यटकहरु पर्वतमा बस्ने र रमाउने बतावरण अझै बन्न बाँकी नै रहेको तर्फ पनि जिम्मेवार पक्षहरुको ध्यानाकर्षण गराइएको थियो ।

कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सिताराम घिमिरे, पुरुषोत्तम खतिवडा, गणेश प्रसाद चालिसे र इन्जिनियर प्रदिप पौडेलले संघिय कानुन तथा परिपालन अवस्था, संघिय संरचनामा नेपालको पर्यटनको अवस्था विषयक प्रस्तुती, पर्वत जिल्लामा मन्त्रालय देखि संचालन भइरहेको कार्यक्रमको बारेमा जानकारी तथा आगामी दिनमा गर्न सकिने संभावनाका बारेमा प्रष्ट पारेका थिए।

Batas

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमान सिंह गुरुङले कुश्मा नगरपालिकाले पर्यटन व्यवसायीहरुलाई सहज हुने गरि आधारभूत संरचनाको विकास गर्ने कुरामा कुनै कसर वाँकी नराखेको बताउँदै पर्यटन व्यवसाय सम्वन्धी संघिय कानुनले स्पष्ट नपारेका कतिपय साझा क्षेत्राअधिकारका विषयमा स्थानिय सरकारले काम गर्न नसकेको बताए। कर, दार्ता र नविकरणको कार्यमा कुश्मा नगरपालिकामा काम गर्न असहजत भएको बताए। उनले संरचनाको विकासमा मन्त्रालय देखि आउने साना सानो वजेटले वहुवर्षे र ठूलो लगानी लाग्ने कतिपय संरचना समयमै सम्पन्न गर्नमा समस्या रहेको पनि बताए। तथापी आएको साधानस्रोतको अधिकतम परिचालन गरेर कुश्मा नगरपालिका अगाडी बढिरहेको उनको धारणा थियो ।

कुश्मा पर्यटन समितिका सदस्य एवं पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका संस्थापक अध्यक्ष शिवशर्मा पौडेलले पर्यटनको क्षेत्रमा सम्पर्क समन्वय, गुरुयोजनाको पुननिर्माण, एकद्धार सुचना प्रणाली, भौतिक संचनात्मक विकास र प्राकृतिक धार्मिक तथा पर्यटकिय स्थलको प्रवद्र्धनात्मक कार्य गर्न सके पोखराको पर्यटकिय माहोललाई पर्वतले आकर्षण गर्न सक्ने धारणा व्यक्त गरे।
पर्वत उद्योग वार्णिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुर वि. पौडेलले अग्ला झोलुङ्गे पुल निर्माण देखि सुरु भएको कुश्माको पर्यटकीय विकास पछिल्लो पटक निजी क्षेत्रहरुको प्रयासका कारण थप सशक्त भएको बताउँदै गुरुयोजना पुनः परिमार्जन गरि पछिल्लो पर्यटकिय गतिविधीहरुलाई समेटेर अगाडी बढ्नु पर्ने धारण व्यक्त गरे।

द क्लिफ प्रा.लि.का अध्यक्ष राजू कार्किले सानो सानो भौतिक संरचना र पुर्वाधारको विकासले पर्यटनको विकास, गुणस्तर र प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै अझै समन्वय, सहकार्य र पर्वत जिल्लालाई राष्ट्रिय पर्यटनको मुल प्रवाहमा जोड्न थुप्रै कार्यहरु गर्न बाँकी रहेको बताए। उनले पर्वतको पर्यटन गुरुयोजना र पर्यटकीय सुचना केन्द्रको स्थापना हुन सकेको खण्डमा यहाँका पर्यटन व्यवसायी अझै उत्साहित हुने धारणा व्यक्त गरे।

कुश्मा पर्यटन समितिका सदस्य एवं पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका संस्थापक अध्यक्ष शिवशर्मा पौडेलको अध्यक्षता तथा पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका सहसचिव शिवप्रसाद शर्माको संचालनमा भएको कार्यक्रममा अलपेश्वर धार्मिक तथा पर्यटकिय विकास संस्थाका अध्यक्ष सुरेस वहादुर पि.सि., मोदीवेणी धार्मिक तथा पर्यटकिय विकास संस्थाका अध्यक्ष केशवदास बैरागी, पर्वती गुफा निर्माण समितिका अध्यक्ष जनकराज पौडेल, होटल व्यवसायी शिव शर्मा, कुश्मा होमस्टे व्यवस्थापन समितिका उपाध्यक्ष तिला गिरी (कृष्ण) लगाएतले जिल्लाको पर्यटन विकास गुरुयोजना पुनर्लेखन, समन्वयकारी भूमिकामा अभिवृद्धि, संरचना विकासमा प्रथामिकता, बजेट र खर्चमा पारदर्शिता प्राकृतिक ऐतिहाँसिक धार्मिक क्षेत्रको विकास र प्रवद्र्धन आदी सबालमा धारणा व्यक्त गरेका थिए।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.