www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी विकास बैंकद्धारा अस्पतालाई कुर्चि सहयोग

पोखरा ।

गण्डकी विकास बैंक लिमिटेडले रत्ननगर टाडी स्थित बकुलहर रत्ननगर अस्पताललाई २ थान ३ सिटे आगन्तुक कुर्चि सहयोग प्रदान गरेको छ ।

कार्यक्रममा अस्पतालको तर्फबाट व्यवस्थापन समितिका सदस्य (निवर्तमान अध्यक्ष) श्री देवेन्द्र कुमार श्रेष्ठ, मेडिकल सुपरिटेन्डेड डा. विश्वबन्धु बगाले, विभिन्न डाक्टरहरु, अस्पताल कर्मचारी र बैंकको तर्फबाट चितवन क्लस्टर प्रमुख श्री सुरज शर्मा, टाडी शाखाका प्रमुख श्री प्रेम घिमिरे लगायत शाखा कार्यालय नारायणगढ, टाडी, पर्सा,भरतपुर, भोजार्डका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Batas

कार्यक्रममा कुर्चि हस्तान्तरण गर्दै श्री सुरज शर्माले बैंकको वर्तमान वित्तिय स्थिति, संस्थागत उत्तरदायित्व अन्तर्गतका कार्यक्रम तथा भावि कार्यदिशाबारे जानकारी प्रदान गरे । यस्तै देवेन्द्र कुमार श्रेष्ठ तथा विश्वबन्धु बगालेले गण्डकी विकास बैंकलाई सहयोग प्रति धन्यवाद दिदै आगामी दिनहरुमा पनि बैंकबाट यस्तै प्रकारका अन्य सहयोगको अपेक्षा राखेको बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.