www.tandavnews.com
Fact ~ In search of truth

गुणस्तरहीन नक्कली घ्यु उत्पादन गर्ने राय पक्राउ

बीरगंज ।
जिल्ला प्रहरी कार्यालय पर्साले लामो समयदेखि बीरगंजमा गुणस्तरहीन घ्यु उत्पादन गरी विक्री वितरण गर्दै आएका एक व्यक्तिलाई रंगेहात पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय र नापतौल तथा गुणस्तर कार्यालय वीरगंजको समन्वयमा लामो समयदेखि बीरगंजमा गुणस्तरहीन घ्यु उत्पादन गरी विक्री वितरण गर्दै आएका एक व्यक्तिलाई रंगेहात पक्राउ गरेको हो ।

विशेष सूचनाको आधामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १६ मा बसोबास गर्दै आएका सर्लाहीको विष्णु गाउँपालिका वडा नम्बर ८ बत्रौलका ४४ वर्षीय राजेश कुमार रायलाई ठूलो परिणाममा रहेको गुणस्तरहीन घ्युसहित नियन्त्रणमा लिइएको  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी दिपक गिरीले बताए।

Batas

प्रहरीले रायको घरबाट २० किलो तौलमा प्याकिङ गरिएको डाल्डा घ्यू २ हजार २ सय ६० लिटर र विभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घ्यू ६ सय १३ लिटर बरामद गरेको डिएसपी गिरीले जानकारी दिए।

अभियुक्त रायले वीरगंज महानगरपालिकाको वडा नं. १६ स्थित आफ्नै घरमा सञ्चालन गरेको श्री गणपति रिपैकिङ उद्योग, गणपति पूजा सामाग्री रिपैकिङ उद्योगको नामबाट वनस्पति घ्यु मिसावट गरी नक्कली घ्यु बनाएर बजारमा शुद्ध घ्यु भन्दै विक्री वितरण गर्दै आएको भेटिएपछि उनलाई प्रशासन र नापतौल तथा गुणस्तर कार्यालयको समन्वयमा थप अनुसन्धान अगाडी बढाइएको उनले जानकारी दिए।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.