www.tandavnews.com
Fact ~ In search of truth

जबर्जस्ती करणी आरोपमा पोखराका ७१ वर्षीय तिवारीलाई १९ बर्ष कैद

पोखरा ।
पोखरामा जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पोखरा २८ माझठानाका ७१ वर्षिय तारानाथ तिवारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पक्राउ गरेको हो ।

अपाङ्गता भएकी नावालिकालाई जबर्जस्ती करणी गरेकाे आरोपमा २०७६ मा तिवारी पक्राउ परेका थिए तर २०७७ असोज २७ गते जिल्ला अदालत कास्कीले उनलाई सफाई दिएको थियो ।

उच्च अदालत कास्कीले जिल्ला अदालतको फैसला उल्टाई गत बैशाख १४ गते १९ वर्ष ३ महिना कैद, १० हजार जरिवाना र पीडितलाई दुई लाख क्षतिपूर्ति सहितको सजाय तोकेको थियो ।

Batas

अदालतमा पेस गरी कैद भुक्तानीका लागि कारागार कार्यालय कास्की पठाइसकेको प्रहरीले जानकारी दिएको छ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.