www.tandavnews.com
Fact ~ In search of truth

नवनियुक्त मुख्यमन्त्री अधिकारी र ३ मन्त्रीको सपथ

पोखरा ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको सपथ गराएका छन् । गुरुङले आफ्नै निवास पोखरा सिमलचौरमा सोमबार पौने ५ बजे सपथ गराएका हुन् ।

त्यसअघि उनले अधिकारीलाई आफ्नै कार्यालयमा मुख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गरेका थिए । अधिकारीले आफ्नो दल एमालेसहित माओवादी, राप्रपा र एक स्वतन्त्र गरी ३३ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए ।

मुख्यमन्त्रीसँगै माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमाले सांसद सीता सुन्दास र राप्रपा सांसद पञ्चराम गुरुङले समेत मन्त्रीको सपथ लिएका छन् । मन्त्रीहरुलाई कुनै मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.