www.tandavnews.com
Fact ~ In search of truth

टेलिकमको सेवा अबरुद्ध

काठमाडौँ।

नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । केही बेरअघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको छ । कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोनसहित अन्य सेवामा समेत समस्या देखिएको छ ।

टेलिकमको बेवसाइट पनि खुल्न सकेको छैन । देशभरका उपभोक्ताले टेलिकममा के भएको हो ? भनेर जिज्ञासा राखिरहेको भएपनि टेलिकमले हालसम्म कुनै जानकारी दिएको छैन । आज दिउँसो १२ बजेदेखि नेटवर्कमा समस्या देखिएको गुनासो उपभोक्ताहरुले सामाजिक सञ्जालमा गरिरहेका छन् । तर यस विषयमा नेपाल टेलिकमले भने कुनै आधिकारिक जानकारी दिएको छैन ।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.