चितवन।
जिल्लामा चेक बाउन्सका मुद्दा बढ्दो क्रममा रहेका छन् । कात्तिक महिनामा स्थापना भएको बैङ्किङ कसुर तथा अपराध अनुसन्धान शाखामा अहिलेसम्म दुई सय ११ निवेदन परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार परेका निवेदनमध्ये ६७ मुद्दा दर्ता भएका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दर्ता भएका मुद्दामध्ये २६ मुद्दा फैसला भएका छन् ।
यस्तै परेका निवेदनबाट २१ आन्तरिक छलफलबाट टुङ्ग्याइएको उनले बताए। उनले भने, “चेक बाउन्सका दैनिक तीन हाराहारी उजुरी पर्ने गरेका छन् ।” उजुरी जग्गा व्यवसाय, उद्योगी व्यापारी र निर्माण व्यवसायीका रहेको उनले बताए।

चेक अनादर गर्ने क्रम बढ्दो क्रममा रहेको जनाउँदै उहाँले पैसा कमाउन सजिलो बाटो रोज्दा समस्या बढेको बताए। बैङ्किङ् कसुरमा मुद्दा लागेका व्यक्तिलाई बिगो बराबरको जरिवाना र बिगो अनुसारको एकदेखि पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ । पछिल्लो समय चेकलाई केही होइन भन्नेको सङ्ख्या बढ्दो रहेकाले पनि समाजमा बैङ्किङ कसुर बढ्दै गएको पण्डितले बताए ।
रासस
© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.