www.tandavnews.com
Fact ~ In search of truth

मेरो मौनता आजसम्मका लागिमात्र हो : रवि लामिछाने

पाेखरा।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागिमात्र भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबूकमार्फत भन्न र लेख्न बाँकी भए भनिहाल्न र आफ्नो  मौनता आज सम्मका लागि मात्रै भएको बताएका हुन्।

उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी  केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

Batas

नागरिकता सम्बन्धी विवादका कारण गत शुक्रबार रवि लामिछाने सांसद पद गुमाएका थिए। त्यससँगै उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदबाट पनि मुक्त भएका थिए। तर आइतबार उनले पुनः नागरिकता लिने प्रक्रिया पूरा गरेसँगै माघ १५ गतेनै राहदानी फिर्ता गरेका थिए।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.