www.tandavnews.com
Fact ~ In search of truth

होमस्टे सांस्कृतिक महोत्सव माघ २४ देखि २८ सम्म

पोखरा
ताण्डव न्यूज ।
प्रकृतिक धार्मिक सामाजिक तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्न तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ । चापाकोट पर्यटन प्रबद्र्धन समितिको आयोजनामा हुन लागेको महोत्सव माघ २४ गते देखि २८ गतेसम्म पोखरा–२३ भ्यु पोइन्टमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पर्यटन पर्यावरण विकास,स्वरोजगार निमार्ण गरि जनताको आय आर्जनमा वृद्धी ल्याउन महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । चापाकोट सहित वडाका विभिन्न ठाउँमा पर्यटकीय सम्पदा पहिचान गरी त्यस्ता ठाउँहरुमा प्रकृतिक पौडी पुल, क्यानोनिंग जस्ता विभिन्न आकर्षण बिन्दुहरु जोड्दै बाह्य र आन्तिरिक पर्यटन भित्रियाउने लक्ष्य रहेको अध्यक्ष पराजुलीले बताए ।

पर्यटन क्षेत्रको विकासका लागि महोत्सव सहयोगी बन्ने कार्यक्रम संयोजक चेतन देवकोटाले जानकारी दिए । चापाकोट पर्यटन प्रबद्र्धन समितिले बाम्दीबाट सुरु भइ भुम्दीकोट पुग्ने पैदलमार्ग सिढी बाटो बनाउन, अहिले संचालनमा भएका होमस्टेको गुणस्तरीयता बढाउन र नयाँ थप्ने प्रयास गर्ने योजना रहेको संयोजक देवकोटाले बताए ।

Batas

आयोजकका अनुसार महोत्सवमा २५ लाख खर्च भई ३ लाख बचत हुने अनुमान गरिएको छ । महोत्सवबाट बचत भएको रकमले स्थानिय पर्यटन प्रवद्र्धको लागि लेकसाइड देखि चापाकोटसम्म ठाउँठाउँमा सांकेतिक बोड राख्न, पर्यटकीय क्षेत्रको प्रचारको लागि पुस्तक छपाइ,डकुमेन्ट्री निमार्ण गर्न, वेवसाइड निर्माण, पुम्दीकोट पुग्ने पैदलमार्ग सिढी बाटो बनाउन गर्न खर्च गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा पर्यटकी गन्तब्यको अवलोकनको साथसाथै नौमति बाजा प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौलि प्रतियोगिता आयोजना गरिएको छ । यि सबै प्रतियोगिताको पुरस्कार क्रमशः प्रथम पुरस्कार ३३ हजार ३ सय ३३, द्धितिय पुरस्कार २२ हजार २ सय २२, तितिय पुरस्कार ११ हजार १ सय ११ र सान्तवना पुरस्कार ५ हजार ५ सय ५५ रहेको अध्यक्ष पराजुलीले जानकारी दिए ।

साथै महाेत्सवमा पुरुष दौड, महिला दौड, बाल नृत्य, दुना टपरी बुन्ने प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता हुनेछ ।
नेपाल पर्यटन बोर्डले प्रवद्धन गरेको महोत्सवमा सह–प्रयोजक चापाकोट देउराली सामुदायीक होमस्टे रहेको छ । महोत्सवको २५ हजार दर्शकले अबलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सव सफल बनाउन ७ सदस्यीय संयोजक तोकिएको छ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.